Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
पोखरा– विवाहमा वेहुला र वेहुली अनिवार्य चाहिन्छ । तर पोखरामा हालै यस्तो विवाह सम्पन्न भयो न त्यहाँ दुलाहा थिए न त मण्डप र जन्ती नै ।
पोखरा १३ चिसापानीकी २२ वर्षीय स्मृति गुरुङले दुलाहाको घरको धुरी (छाना)लाई बेहुला मानेर विवाह गरिन् ।
बेहुलाको घरको धुरी र खाँबोमा पुजा गरेपछि उनी बेहुलाको घरमा बेहुली भएर भित्रिइन् ।
बेलायतमा रहेका नविन गुरुङले विवाहका लागि छुट्टी नपाएपछि आफन्तको आग्रहमा स्मृति बेहुला विना नै भित्रिएकी हुन् ।
विवाहको लगन टर्न लागेमा केटा केटी एक साथ हुन नपाएमा र ढिला विवाह गर्दा ग्रहदशा राम्रो नभएमा यसरी विवाह गर्ने चलन गुरुङ समुदायमा प्रचलन छ ।
कुनै अफ्ठ्यारो परिस्थिति आएमा यसरी विवाह गर्ने चलन पुरानै रहेको चिसापानीका चन्द्रबहादुरले बताए ।
तपाईको प्रतिक्रिया