सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
काठमाडौं- नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिह केसीले आईतवार नै सरकारले मृतक पौडेलमाथि लगाएको झुठा मुद्दा खारेजी र सहिद घोषणा नगरिए सोमबारको बन्द फिर्ता नहुने स्पष्ट पारे ।
उनले जेलमा सरकारी सुरक्षामा भएको हत्यामा सरकारकै संलग्नता भएको आरोप लगाउँदै राज्यले नै हत्या गरेकोले सहिद घोषणा गर्नु पर्ने तर्क गरे ।
नेपाली काँग्रेसलाई बन्दबाट हुने क्षतीको विषयमा राम्ररी जानकारी रहेकेा उल्लेख गर्दै बन्द काँग्रेसको रहर नभई बाध्यता भएको बताए । उनले बन्दलाई शान्ति पूर्ण र नमुना बन्द बनाउने दावी गर्दै सरकारले अहिलेसम्म घोषणा गरेका सहिदका विषयमा पुर्नविचार गरे काँग्रेस पनि आफ्नो मागमा पुर्न विचार गर्न तयार रहेको स्पष्ट पारे ।
उनले भोलीको बन्दमा सरकारले धरपकड गरे काँग्रेसले विषयलाई सडक र सदनबाट उठाउँदै प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा समेत माग्ने चेतावनी दिए ।
अमेरिकी राजदुतले बन्द फिर्ता लिन गरेको आग्रह प्रति लक्षित गर्दै केसीले अमेरिकामा बन्दीको हत्या हुने जंगली शासन नभएकोले उनीहरुलाई बाध्यता थाहा नभएको फेरि बन्द गर्ने निर्णय विदेशीको भन्दा पनि आफ्नो भएको बताए। उनले अमेरिका र यूरोपेली यूनियनले बन्द फिर्ता नलिए काँग्रेस नेताहरुलाई भिषा दिदैन अरे नी भन्ने जिज्ञासामा केसीले काँग्रेसले भिषाकोलागी राजनीति नगरेको प्रतिक्रिया दिए ।
तपाईको प्रतिक्रिया