सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
काठमाडौं- स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले नेपाली काँग्रेसको माग अनुसार आज नै चितवनको कारागारमा भएको झडपमा मारिएका शिव पौडेललाई सहिद घोषणा र मुद्दा फिर्ता लिन नसकिने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा मन्त्री रायमाझीले दलहरुवीच छलफल गरेर राष्ट्रिय सहमति नभएसम्म काँग्रेसको दुबै माग पुरा गर्न नसकिने बताए ।
साक्षात्कारमा उनले राज्य ब्यवस्था उल्टाउने उद्देश्य सहित हुने आन्दोलनमा मारिएकालाई मात्रै सहिद घोषणा दौरा सुरुवाल लगाउने घोषणा गरे पनि पहिलो पटक ढाका टोपी लगाएर आएका मन्त्री रायमाझीले सरकारले न्यायिक आयोग गठन गरिसकेको अवस्थामा आयोगको सिफारिस नआउँदा सम्म सरकारले थप कुनै निर्णय गर्न नसक्ने स्पष्ट पार्दै क्षतीपूर्ती, आयोग गठन जस्त माग पुरा भएपछि काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले बन्द गर्न नहुने तर्क गरे । उनले भने-आयोगको प्रतिवेदन र दलहरुवीच सहमति भए मात्रै माग पुरा हुन सक्छ । नभए सकिदैन ।
उनले माओवादीले त बन्द हडताल जस्ता आन्दोलन छाडि सकेको अवस्थामा काँग्रेस जस्तो पार्टीले बन्द गराउनु असोभनीय भएको दावी गरे ।
घटनालाई दुखद भन्दै मन्त्री रायमाझीले जले भित्र आक्रमण भएकोले आक्रमणकारीहरु जेलमै रहेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया