सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
दाङ- नेकपा एमालेका सचिव शंकर पोख्रेलले ४ बुँदे सहमतिको जगमा राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने बताउनु भएको छ ।
उहाले माओबादी र मधेसी मोर्चावीच भएको ४ बुँदे सहमति अप्राकृतिक रहेको भन्दै त्यसको जगमा राष्ट्रिय सहमति हुनै नसक्नै ठोकुवा गर्नुभयो ।
तुलसिपुरमा आइतबार आयोजित साक्षात्कार कार्यक्रमका बोल्दै सचिव पोख्रेलले राष्ट्रिय सहमितको सरकारको सवैभन्दा धेरै वकालत गर्ने पार्टी माओबादीले ४ बुँदे सहमतिलाई निरन्तरता दिदै बर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउन खोज्नु हास्यास्पद रहेको बताउनु भयो ।
उहाले माओबादीले ७ बुँदे सहमितिको कार्यान्वयन नगरेको आरोप लगाउदै बर्तमान सरकारका प्रधानमन्त्री डा वाबुराम भट्टराई र माओबादी अध्यक्ष प्रचण्ड पूर्ण रुपले असफल भएको ठोकुवा गर्नु भयो ।
तपाईको प्रतिक्रिया