Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो –  टोकियो नेपाल डट कममा शनिवार प्रकाशित “नेपाली राजदूतलाई शुरुमै विवादमा तान्ने प्रयास” भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल पत्रकार महासंघ जापानका सचिव हरि पोखरेलले खण्डन गरेका छन् ।

सचिव पोखरेलले एक बिज्ञप्ती प्रकाशित गर्दै उक्त समाचारको खण्डन गरेका हुन् । बिज्ञप्तीमा अगाडि भनिएको छ – “उक्त समाचारमा मेरो भनाई भन्दै टोकियो नेपालले लेखेको समाचारलाई पुष्टि गर्ने सन्दर्भमा मेरो भनाईलाई तोडमोड गरी विषयभन्दा फरक पारिएकोले गम्भीर ध्यानाकर्षण भएको छ । मेरो भनाई भन्नुभन्दा पहिले तपाईको मिडियाले यो विषयमा मसंग कुनै जानकारी नमागेको प्रष्ट पार्न चाहन्छु । राजदूतलाई स्वागत र बधाई ज्ञापन गर्ने सन्दर्भमा पत्रकार महासंघ जापानले जापानमा रहेका नेपाली संघसंस्थाहरुलाई समन्वयकारी भूमिका निर्वाह गरेर कार्यक्रमको संयोजन गर्न मात्रै खोजेको हो । पत्रकार महासंघ आफै आयोजक बन्न खोजेको होइन ।

अर्को प्रसंगमा पत्रकार महासंघ जापान शाखा र यसका पदाधिकारीलाई नियत खराब भएको संस्थाको रुपमा “कोटरी” को संज्ञा दिनुभएकोमा यसमा मेरो गम्भीर विमति छ । पत्रकार महासंघ, जापानका पदाधिकारी आवद्ध सञ्चारमाध्यममा प्रकाशित समाचारको हामीले संस्थागतरुपमा जिम्मा लिन सक्दैनौं । कुन समाचार राख्ने या निकाल्ने भन्ने सन्दर्भ महासंघको संस्थागत दायरा भन्दा बाहिरको कुरा भयो । सम्बन्धित पत्रकार या सञ्चारमाध्यमलाई यो विषयमा अनुरोध गर्न सकिएला, निर्देशन दिन सकिदैन । नेपाल पत्रकार महासंघ, जापान शाखा विधिवतरुपमा केन्द्रको स्वीकृतिमा गठन भएको आधिकारिक संस्था रहेको प्रष्ट पार्न चाहन्छु ।

नेपाल पत्रकार महासंघको काठमाडौंमा सम्पन्न २३ औं महाधिवेशनमा जापान शाखाको समेत प्रतिनिधित्व रहेको कुराले पनि यो संस्था आधिकारिक हो भन्ने कुराको पुष्टि गर्दैन र ? प्रवासमा संगठन विस्तारका क्रममा समयका अभावले पनि जापानमा रहेका नेपाली सञ्चारकर्मीहरुलाई संगठित गर्ने सवालमा सबै सञ्चारकर्मी र सञ्चारमाध्यमप्रति हाम्रो ध्यान नपुगेको हुनसक्छ । समुदायको हितमा खोलिएका सञ्चारमाध्यममार्फत तपाईहरुले सुझावको रुपमा हामीलाई यो विषयमा जानकारी दिनुभयो भने हामी ग्रहण गर्न तयार छौं । उक्त समाचार संप्रेषणबाट आम पाठकमा गलत अर्थ प्रवाह गरेकाले मेरो आधिकारिक भनाई जस्ताको तस्तै प्रकाशित गरी सहयोग गरिदिनुहुन अनुरोध छ ।” – बिज्ञप्तीमा भनिएको छ । ***

तपाईको प्रतिक्रिया