सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
काठमाडौं- नेकपा एमालेका शिर्ष नेताहरुले एउटै मञ्चबाट पार्टीलाई एक बनाउने घोषणा गरेका छन् । नेकपा एमाले उपत्यका विशेष समन्वय कमिटले आइतबार बिहान काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुले पार्टीलाई एक बनाउनुको विकल्प नभएको बताएका हुन् ।
एमाले अध्यक्ष झलनाथ खनालले बैचारिक, राजनीतिक र संगठनात्मक हिसाबले पार्टी एक हुनु पर्ने भन्दै एमालेले राष्ट्रिय राजनितिमा प्रभावकारी हस्तक्षेप गर्नुपर्ने धारण राख्नुभयो । यसैगरी बरिष्ठ नेता माधव कुमार नेपालले केन्द्रको गुट उपगुटको असर पार्टीको तल्लो तह सम्म पुगेकोले यसलाई निर्मूल पार्नु पर्ने बताउनु भयो । यस्तै नेता केपी ओलीले आन्तरिक विवादका काराण पार्टी कमजोर भएको उदाहरण संविधान सभा चुनावका तेश्रो हुनु भएको बताउँदै पार्टी एकतामा जोड दिनु भयो ।
कार्यक्रममा एमाले उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेलले पनि पार्टीलाई एक बनाएर लैजानुपर्ने बताउनुभएको थियो ।
तपाईको प्रतिक्रिया