सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
काठमाडौं– सभासद् बनाएर भावी सरकारको नेतृत्वको तयारी गरेको भनिरहेकाबेला एमाले नेता केपी शर्मा ओली आइतबार भारतको राजधानी नयाँदिल्ली जाँदै छन् ।
ओली अपरान्ह आफ्ना केही सहयोगीसहित नयाँदिल्ली जाने बताइएको छ । ओली नयाँदिल्ली जाने मुख्य कारण भने उपचार नै हो । मृगौला रोगी ओली पछिल्लो दिन झन् विरामी भएका छन् ।
तर आफू भारत जाँदा राजनीतिक भेटघाट पनि हुने उनले बताए । ‘छिमेकी मुलुकका नेतासँग उपचारमात्र नभइ, जुनसुकैबेला भेट भए पनि राजनीतिक कुरा त भइहाल्छ नि,’ उनले भने ।
तपाईको प्रतिक्रिया