सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
काठमाडौं गठबन्धनका प्रमुख दुई घटक एकीकृत नेकपा माओवादी तथा मधेसी मोर्चा  सम्बन्ध थप बलियो बनाउन सहमत भएका छन् ।
माओवादी र मोर्चाबीच शनिबार भएको वार्तामा यस्तो  सहमति भएको सञ्चारमन्त्री जेपी गुप्‍ताले जनाए । गुप्‍ताले बैठकलगत्तै फेसबुकबाट मोर्चा-माओवादीबीच भएको ४ बुँदे सहमतिमाथि छलफल भएको जनाएका छन् । ‘मोर्चा  प्रधानमन्त्री र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग अगाडि बढ्न सकारात्मक छ,’ गुप्‍ताले लेखेका छन्।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा माओवादी अध्यक्ष दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई, मोर्चाका तर्फबाट मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदार, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का गुप्ता, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष एवम् स्वास्थ्यमन्त्री राजेन्द्र महत्तोलगायतका नेता थिए । ***
तपाईको प्रतिक्रिया