सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
काठमाडौं- कारागारभित्रै सुतेकाबेला भएको आक्रमणमा तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको मृत्यु भएको विरोधमा नेपाली कांग्रेसले नेपाल बन्दको आहृवान गरेको छ ।
कांग्रेसले बिहान १० बजेदेखि आहृवान गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । पौडेलको शनिबार बिहान ३ बजे काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।
पौडेलको निधनपछि सभापति सुशील कोइराला निवासमा बसेको केन्द्रीय समितिको बैठकले पौडेल लगायत उनका साथीहरुमाथि लगाइएको झुठा मुद्दा फिर्ता लिनुपर्ने माग गरेको छ ।
कांग्रेस नेता बालकृष्ण खाँडले मुद्दा फिर्ता नलिएसम्म अस्पतालबाट पार्टी वा उनको परिवारले शव नबुझ्ने बताए । कांग्रेस तथा तरुण दलले राजधानीको विभिन्न भागमा प्रदर्शन गरेको छ ।
हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका बेला मंसिर २० गते पौडेलमाथि एक समूहले आक्रमण गरेको थियो । आक्रमणमा गम्भीर घाइते पौडेलको चितवनमै उपचार भइरहेकोमा मंसिर २८ गते उनलाई काठमाडौं ल्याइएको थियो ।
तपाईको प्रतिक्रिया