Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- राजदरवार हत्याकाण्डका बेला गोली लागेर एउटा कान कम सुन्ने भएकी पूर्वरानी कोमल स्वास्थ्य उपचारका लागि आइतबार सिंगापुर जाने हुनु भएको छ ।
कोमल कानको अप्रेसनका लागि सिंगापुर जान लागेको वताइएको छ । नेपालमा गणतन्त्र स्थापना भएपछि पूर्वरानी कोमल भारतबाहेक तेस्रो मुलुक गएको यो पहिलो पटक हो । निर्मल निवास स्रोतकाअनुसार सुरुमा पूर्वराजा पनि सिंगापुर जाने कार्यक्रम तय गरिएकोमा पछि रद्द गरिएको थियो ।
दरवार हत्याकाण्डमा घाइते भएकी कोमलको शरिरभित्र पसेका गोलीका छर्राको पनि उपचार हुने बताइएको छ । घटनापछि देव्रे कान नसुन्ने भएकी उहाँले लण्डन पुगेर सुन्ने मेसिन लगाउनुभएको थियो ।
वैंककमा रहेका पूर्वयुबराज पारस पनि आमालाई भेट्न सिंगापुर आउने कार्यक्रम रहेको छ । यसैगरी डा. पुनम सिंह र दुई सुरक्षाकर्मी पनि कोमलको साथमा सिंगापुर जानेछन् ।
तपाईको प्रतिक्रिया