Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
विराटनगर– मोरङ जिल्ला अदालत परिसरमा अभियुक्त अभिषेक गिरीमाथी आक्रमण गरेको अभियोगमा ज्यान मुद्दामा मोरङ कारागारमा थुनामा रहेका मुकेश बुढाथोकी र देवानन्द यादव साधारण तारेखमा छुटेका छन् ।
बुढाथोकी र यादवलाई पुनरावेदन अदालत विराटनगरका न्यायधिस देवेन्द्रगोपाल श्रेष्ठको एकल इजलाशले शुक्रवार साधारण तारेखमा छोड्न आदेश दिएको  हो ।
न्यायधिस श्रेष्ठको आदेशपछि करिव ५ महिनादेखि थुनामा रहेका बुढाथोकी र यादव शुक्रवार अपरान्ह मोरङ कारागारवाट मुक्त भएका छन् ।
बुढाथोकी र यादव जिल्ला अदालत मोरङ प­रिसरमा जेठ १८ गते बन्दी गिरीलाई पेशीमा ल्याउंदै गर्दा सांघातिक आक्रमण गरेको अभियोगमा ज्यान मुद्दा खेपिरहेका थिए । उनिहरुलाई जिल्ला अदालतले उनिहरुलाई कारागार सजाय तोकेको थियो ।
गिरीमाथी आक्रमण गरेको अभियोगमा प्रहरीले सोहि दिन घटनास्थलवाटै उनिहरुलाई पक्राउ गरेको भएपनि आक्रमणको क्रममा प्रहरी संगको झडपमा बुढाथोकी र यादव गम्भिर घाइते भएकोले उनिहरुलाई करिव दुई महिना विराट नर्सिङ होममा उपचारका लागी प्रहरी घेरामा राखिएको थियो ।
बन्दीमाथि सांघातिक आक्रमणमा संलग्न युथफोर्स मोरङका इन्चार्ज पर्शुराम बस्नेत सहित १७ जनाविरुद्व पीडित पक्षबाट अभिषेक गिरीकी पत्नी अनिशा गिरीले ज्यान मुद्दा दायर गरेकी थिइन् । आक्रमणपछि फरार रहेका बस्नेतसहितका अन्य अभियुक्तहरुको मोरङ प्रहरीले खोजी गरीरहेको जनाएको छ ।
जिल्ला अदालतले ज्यान मार्ने उद्योगमा कैद तोकेपछि बुढाथोकी र यादवले पुनरावदेन गरेका थिए ।
यता पीडितकी पत्नी अनिशाले भने पुनरावेदन अदालतले गरेको फैसला चित्त नबुझेकोले फैसला विरुद्ध आफु न्यायपरिषद्मा उजुरी दिने बताएकी छन् ।
तपाईको प्रतिक्रिया