Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक २५, २०८१
Sunday, November 10, 2024
नुवाकोट – नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् । मुलुकका समस्या समाधानका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण हुनुपर्नेमा जोड दिँदै नेता देउवाले काँग्रेसमा आफ्नो विकल्प कोही नभएको दावी समेत गरे ।
काँग्रेस नुवाकोट क्षेत्र नं. २ द्वारा आयोजित क्षेत्रीय भेलाको उद्‌घाटनका लागि शुक्रबार विदुर आइपुगेका भएका पूर्व प्रधानमन्त्री देउवाले पत्रकारसँगको कुराकानीमा काँग्रेस केन्द्रीय समितिले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने निर्णय गरिसकेको दावी पनि गरे । उनले काँग्रेसभित्रै आफ्नो नेतृत्वमा सरकार बन्न नदिने खेल भइरहेको आरोपसमेत लगाए ।
नेता देउवाले विभिन्न भ्रातृ सङ्गठन विघटनको निर्णय सभापतिले फिर्ता लिनुपर्ने आफ्नो अडान कायमै रहेको पनि बताए ।
तपाईको प्रतिक्रिया