Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
बाग्लुङ- कथित माथिल्लो जातिको चुल्हो छोएको आरोपमा कालीकोटमा भएको मानविर सुनारको हत्याको विरोधमा शुक्रबार बाग्लुङ बन्द गरिएको छ ।
हत्यामा संलग्नलाई कडा कारवाही, पीडित परिवारलाई राहत लगायतका माग राखी गरिएको बन्दका कारण जिल्लाको यातायात, शिक्षण संस्था, बजार ठप्प छन् । दलित आन्दोलनमा आवद्ध संघसंस्था, अधिकारकर्मी, राजनीतिक दलका कार्यकर्ता लगायतले बिहानैदेखि प्रदर्शन पनि गरेका छन् ।
देश छुवाछुत मुक्त घोषणा भईसक्दा पनि दलित भएकै कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था बिडम्बनापूर्ण भएकाले दलित आन्दोलनको उदगमथलो बागलुङबाट आन्दोलनको शुरुवात गरिएको दलित अधिकारकर्मी पूर्ण परियारले बताउनुभयो ।
कालिकोटका मानविर सुनारको गएको शनिवार हत्या भएको थियो ।
तपाईको प्रतिक्रिया