Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
बेलौरी, (कञ्चनपुर)- एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य नेत्रविक्रम चन्द विप्लवले किसानहरूको उचित वैकल्पिक व्यवस्था नहुन्जेल द्वन्द्वकालमा कब्जा गरिएका जमिन फिर्ता नहुने बताउनुभएको छ ।
एकीकृत नेकपा (माओवादी) कञ्चनपुरद्वारा आयोजित कार्यकर्ता प्रशिक्षणमा नेता चन्दले द्वन्द्वका समयमा पार्टीको निर्णयानुसार कब्जा भएका सम्पत्ति फिर्ता नहुने स्पष्ट पार्नुभयो ।
क्रान्तिलाई जुनसुकै हालतमा पनि टुङ्याउने प्रतिबद्धता जाहेर गर्दै उहाले बाहिर जति हल्ला गरे पनि माओवादी कुनै पनि हालतमा नफुट्ने बताउनुभयो ।
जनमुक्ति सेनालाई विघटन गर्ने चलखेल भइरहेको बताउादै विघटन भए यसको कडा प्रतिकार गर्ने चेतावनीसमेत दिनुभयो ।
उहाले आफूहरू शान्ति र संविधानको विरोधी नभएको स्पष्ट पार्दै शान्ति र संविधानलाई प्राथामिकतामा राखेको बताउनुभयो ।
तपाईको प्रतिक्रिया