काठमाडौं– एमाले नेता अमृतकुमार बोहराले आफू मन्त्रीबाट हटेको एक सातापछि नै सार्वजनिक सवारी चढ्ने गरेको बताएका छन् ।
‘म बडो गौरवसाथ बस, टेम्पो चढ्छु,’ उनले भने, ‘मन्त्रीबाट हटेको एक सातामै मैले गाडी फिर्ता गरेपछि सधैं सार्वजनिक यातायात प्रयोग गर्दै आएको छु ।’
आफूले सरकारी गाडी प्रयोग गरेको सञ्चारमाध्यममा आएपछि चिन्तित बोहराले भने, ‘मैले सरकारी गाडी लिन चाहेको भए दुईदुईजना आफ्नै पार्टीका नेता प्रधानमन्त्री भएकाबेला लिन सक्ने थिएँ ।’
एमाले अनुशासन विभागका प्रमुखसमेत रहेका बोहरा २०५४ सालमा लोकेन्द्रबहादुर चन्द र पछि गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्का सदस्य थिए ।