Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– चिनियाँ राजदुत याङ होउलानले आर्थिक मामिलामा महत्त्वपूर्ण निर्णय गर्नुपरेकाले चिनियाँ प्रधानमन्त्री बेन जियाबाओको नेपाल भ्रमण स्थगित भएको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको भेटमा राजदुत होउलानले चिनियाँ प्रधानमन्त्री बेन जियाबाओको नेपाल भ्रमण स्थगित हुनुको कारणबारे स्पष्ट पारेका हुन् । उनले चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमण आफ्नै देशको आन्तरिक कारणले स्थगित गर्नु परेको भन्दै सञ्चार माध्यममा आएका सबै तथ्य सत्य नभएको पनि स्पष्ट पारे ।
आर्थिक वर्ष सकिन लागेकोले यो महिनाभित्र आर्थिक मामिलाका विषयमा महत्वपूर्ण निर्णय लिनुपर्ने भएकोले चिनियाँ प्रधानमन्त्रीको म्यानमार र नेपालको भ्रमण एकसाथ स्थगित भएको राजदुत होउलानले स्पष्ट पारे । उनले दुवै देशलाई उपयुक्त हुने समय पारेर भ्रमण मिति तय गरिने पनि जानकारी गराए ।
तपाईको प्रतिक्रिया