Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौ- पूर्व उर्जामन्त्री गोकर्ण विष्टले अहिलेकै विद्युत प्रणालीलाई सुधार गरेर लोडसेडिङ कम गर्न सक्ने दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा पूर्व मन्त्री विष्टले बैंक लगायतका वित्तिय संस्था र उद्योगहरुले सन्चालन गरिरहेका उपकरणहरुलाई परिचालन गर्न सके १ सय ५० मेघावाट विद्युत तत्काल थपिने संभावना रहेको दावी गर्दै अहिले भएको मध्ये १० प्रतिसत मात्रै चुहावट मात्रै नियन्त्रण गर्न सके ७५ मेघावाट सम्म विद्युत थपिने सक्ने तर्क गरे ।
साक्षात्कारमा उनले भएका विद्युत गृहको मर्मत र सुधार गरे पनि केही लोडसेडिङ घटाउन सकिने दावी गर्दै भने-१ दशमलब २ मेघावाट विद्युत उत्पादन गर्ने गण्डकलाई सामान्य मर्मत गर्दा मेरै पालमा ५ मेघावाट उत्पादन गरिएको र अझै मर्मत गरे त्यसबाट मात्रै १५ मेघावाट विद्युत उत्पादन गर्न सकिन्छ, त्यस्तै मध्य मर्साङदी, कुलेखानी र मध्यमर्साङदी सहितका केही आयोजनामा थुप्रीएका बालुवा झिक्न सकिए पनि केही मात्रामा थप विद्युत उत्पादन हुन सक्छ ।
विष्टले विद्युत प्राधिकरणको नियन्त्रणमा रहेका १ मेघावाटभन्दा कम क्षमताका २६ वटा विद्युत आयोजना नीजि क्षेत्रलाई लिजमा दिदाँ समेत केही विद्युत बढ्ने विश्वास गर्दै बक्यौदा असुल गर्दा पनि उपभोगमा कमि आउँदा लोडसेडिङ घटाउन सकिने तर्क गरे ।
उनले अहिलेको सरकारले लोडसेडिङ अन्त्य गर्ने उपायमा नयाँ डिजेल प्लान्ट ल्याउने भनि बनाएको योजना देश र जनताकोलागी बोझ  भएको दावी गर्दै आफ्नो कार्यकालमा पनि ठूलो टिमले प्लान्ट खरिदकोलागी प्रस्ताव गरेको तर आफूले अस्विकार गरेको बताए । उनले प्लान्ट खरिद योजनमा कमिसनको खेल भएको आशका पनि ब्यक्त गरे । उनले भने-डिजेल प्लान्ट नेपालकोलागी उपयोगि हुँदैन । नेपाली जनताले महसुल तिर्न सक्दैनन त्यो बोझ हुन्छ । भारतबाट विद्युत ल्याउने कुरा स्वागत योग्य छ ।
उनले लोडसेडिङ हुन्छ भन्दा पनि लोडसेडिङ कसरी अन्त्य गर्ने भन्ने योजना ल्याउनु पर्ने भन्दै लोडसेडिङ कम गरेर जनतालाई राहत दिन नसक्ने सरकारले राजिनामा दिएर मार्ग प्रसस्त गर्नु पर्ने बताए । उनले जोड दिदै भने-लोडसेडिङ छ भनेर जिम्मेवारीबाट भाग्न पाईदैन । जनताका आवश्यकता पुरा गर्न नसक्ने हो भने सरकारमा बस्नुको औचित्य छैन । कि जनतालाई सेवा दिनु पर्यो कि सरकार छाड्नु पर्यो ।
तपाईको प्रतिक्रिया