Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौ – श्रम तथा यातायात व्यवस्थामन्त्री सरिता गिरी बुधबार संसद सचिवालयमा परिसरमा आफै धर्नामा बसेकी छन् । सदभावना (आनन्दीदेवी)को संसदीय दलको कार्यालय प्रयोग गर्न पाउनुपर्ने गर्दै उनी आफ्ना समर्थक सहित धर्नामा बसेकी हुन् ।
मन्त्री गिरीले कार्यालय आफ्नो प्रयोगमा नआएसम्म दैनिक अपरान्ह २ देखि ३ बजेसम्म आफूले धर्ना दिने बताइन ।
सभासद श्यामसुन्दर गुप्ता नेतृत्वको दललाई निर्वाचन आयोग र सर्वोच्चले आधिकारिकता दिएपछि संसद् सचिवालयले गिरीले प्रयोग गर्दै आएको कार्यालय खाली गराउने प्रयास गरेको थियो । संसद् सचिवालयको तालामाथि मन्त्री गिरी आफैंले अर्को ताला लगाएपछि कर्मचारीले उनको नेमप्लेट मात्र त्यहाँबाट हटाएका थिए ।
केही दिनअघि गुप्ताले गिरीलाई आफ्नो संसदीय दलको सदस्यका हैसियतमा कार्यव्यवस्था परामर्श समितिबाट हटाउन र संवैधानिक समितिबाट शासकीय स्वरूप निर्धारण समितिमा पठाउन सिफारिस गरेका छन् ।
तपाईको प्रतिक्रिया