Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024
काठमाडौ– राप्रपा अध्यक्ष पशुपति समशेर राणाले चिनिया प्रधानमन्त्री बेन जियाबाओको नेपाल भ्रमण स्थगित हुनुले सरकारको सुरक्षा रणनीति असफल भएको पुष्टि भएको दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपाल पोखरा शाखाले बुधवार आयोजना गरेको साक्षात्कारमा राणाले चिनियाँ प्रधानमन्त्रीको भ्रमण स्थगित हुँदा सरकारलाई नराम्रो झड्का लागेको ठोकुवा गरे ।
साक्षात्कारमा उनले सरकार रहँन्छ कि रहँदैन भन्ने अवस्थामा चिनियाँ प्रधानमन्त्रीको भ्रमणको हल्ला मच्चाएको दावी गर्दै भ्रमण स्थगित हुँदा सरकारको सुरक्षा योजनामा गंभिर आशंका उब्जेको बताए।
उनले अहिले मुलुकको शान्ति सुरक्षाको अवस्था अन्त्यन्तै खराव रहेकेा, भ्रष्टाचार बढेको , असुरक्षा बढेको र मितब्यीताको नारा प्रधानमन्त्रीको सल्लाहकारको हुल र चियापानमा गरेको खर्चले उद्दाङ पारेको दावी गरे ।
उनले राज्यपुर्नसंरचना आयोगमा दलिय भागबण्डा गरेर मुलुकलाई विखण्डनकारी जातीय राज्यमा लान खोजिएको भन्दै आयोगमा भुगोल र अर्थशास्त्रका ज्ञाताहरु राखिनु पर्ने धारणा राखे ।
राणाले जनशक्ति पार्टीसँगको एकता गाँउ क्षेत्र र जिल्ला हुँदै अगाडि बढीरहेको जानकारी दिदै अहिलेसम्म ६० प्रतिशत एकता भईसकेको र छिट्टै केन्द्रीय महाधिवेशन भएर पार्टी एकताको घोषणा हुने बताए ।
तपाईको प्रतिक्रिया