Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– वैदेशिक रोजगार कम्पनीहरूले रोजगारका लागि विदेशिने कामदारलाई झुठा आश्वासन दिएर विदेश पठाउने गरेको एक अध्ययन प्रतिवदेनमा उल्लेख छ ।
एम्नेस्टी इन्टरनेसनलले राजधानीमा सार्वजनिक गरेको झुठा बाचाहरूःनेपाली आप्रवासी श्रमिकहरूको शोषण र जबरजस्ती श्रम नामक अध्ययन प्रतिवेदनमा झण्डै १५० जना आप्रवासी श्रमिकसँग अन्तर्वाता लिंदा ९० प्रतिशतलाई कामसम्बन्धी झुठा आश्वासन दिने गरेको उल्ल्ोख छ ।
एम्नेस्टी इन्टरनेसनलकी एशिया प्रशान्त क्षेत्रीय अनुसन्धानकर्ता नोर्मा काङ मिउकोले गरेको अध्ययनमा वैदेशिक रोजगारमा गएका नेपाली कामदारलाई तोकिएको तलब नदिने, हप्तामा एकदिन पनि बिदा नदिने, थुनेर राख्ने, शारीरिक रूपमा कुटपिट गर्ने गरेको जनाइएको छ ।
अनुसन्धानकर्ता मिउकोले सरकारले सुरक्षित आप्रवासनलाई प्राथमिकता दिएमा त्यसबाट हरेक वर्ष हजारौं नेपाली आप्रवासी श्रमिक र तिनका परिवारहरू लाभान्वित हुने बताउनुभयो ।
प्रतिवेदनमा वैदेशिक रोजगार कम्पनीहरूले आˆनो सेवावापत औसतमा रु एक लाख लिने गरेको र सो रकम नेपालको औसत वाषिर्क आयको तेब्बर भएको उल्लेख छ ।
सन् २०१० मा  दुई लाख ९४ हजार ९४ नेपाली कामदारहरू बिदेश गएका छन् । सो सङ्ख्या सन् २००० मा ५५ हजार २५ रहेको उल्लेख छ ।
बहुसङ्ख्यक नेपाली मलेसिया, साउदी अरेविया, कतार र युएईमा निर्माण र उत्पादन क्षेत्र र घरेलु कामका लागि जाने गरेको पाइएको छ ।
तपाईको प्रतिक्रिया