Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको अहिलेको सरकार नै छिट्टै राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण हुने दावी गरेका छन् ।
राजधानीमा मंगलबार आयोजित साक्षात्कारमा मन्त्री त्रिपाठीले अहिलेकै सरकारमा काग्रेस र एमाले छिट्टै सहभागी भएर राष्ट्रिय सरकार बन्ने ठोकुवा गरे । उनले सरकार ढल्ने सम्भावना नरहेको दावी गर्दै काग्रेस र एमालेको नाम नलिई केही दल बेरोजगार हुनु परेकोले सरकारको विरोध गरेका बताए।
दलहरुवीचको सम्बादहिनताको अन्त्य चार बुँदे सहमतिको आधारमा बनेको गठबन्धनको प्रयासमा भएको दावी गर्दै मन्त्री त्रिपाठीले सात बुदे र छ बुँदे सहमतिको आधार नै चार बुँदे सहमतिको आधार भएको बताए ।
उनले सरकार शान्ति प्रक्रियामा केन्द्रीत भएकोले चार बुँदे सहमति कार्यान्वयन ओझेलमा परेको उल्लेख गर्दै शनिवारसम्ममा चार बुँदे सहमति कार्यान्वयनमा जाने विश्वास ब्यक्त गरे ।
उनले भने– ‘भोली मधेसी मोर्चाले छलफल गरेर शनिवार माओवादीसँग छलफल गरेर सोही दिन बस्ने मन्त्रीपरिषद बैठकले चार बुँदेका सवाललाई कार्यान्वयनमा लान्छ ।’ मन्त्री त्रिपाठीले  जन्मसिद्धको आधारमा  नागरिकता दिने सम्बन्धी विद्येयक गृहमन्त्रायले मन्त्रीपरिषदमा पेश गरिसकेको , समावेसी विद्येयक परिमार्जनसहित प्रधानमन्त्रीलाई बुझाईएको र मधेसी युवालाई नेपाली सेनामा प्रवश गराउने विषय पनि एक महिना भित्र टुङगीने जानकारी साक्षात्कारमा दिए । उनले भने– ‘नेपाली सेनालाई समावेशी बनाउने विषयमा प्रधानसेनापति पनि सकारात्मक छन् । प्रक्रिया सुरु भईसकेको छ, एक महिनाभित्र प्रवेश हुन्छ यसकोलागी यसअघिकै सरकारले स्विकृत गरेको दरबन्दीमा वा सवुज गणलाई विस्तार गर्ने दुई विकल्प काम हुनेछ ।’
तपाईको प्रतिक्रिया