Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
चितवन– क्षमता भन्दा बढी कैदी रहेको चितवनको भरतपुरका १२ बन्दीलाई सुरक्षाका कारण केन्द्रीय कारागार काठमाडौं पठाइएको छ । कारागार भित्रै आक्रमण भएको सात दिन पछि यहाँ रहेका बन्दीलाई काठमाडौं पठाइएको हो । पठाइएका सबै तरुण दल चितवनका अध्यक्ष शिव पौडेल लगायतमाथि आक्रमण गर्नेहरु हुन् ।
 ‘कारागार व्यवस्थापन विभागको आदेशमा हामीले केन्द्रमा विशेष सुरक्षाका साथ उनीहरुलाई पठाएका हौं,’ चितवनका प्रहरी प्रमुख भुपाल कुमार भण्डारीले भने ।
उनका अनुसार सम्भावित सुरक्षालाई मध्यनजर गर्दै उनीहरुलाई कारागारबाट केन्द्र पठाइएको हो।
जेल आक्रमण घटनामा स्थानीय कारागार प्रशासन र प्रहरीको पनि कमजोरी रहेको उल्लेख गर्दै भण्डारीले आगामी दिनमा यस्ता घटना हुन नदिन आफूले सक्दो प्रयास गर्ने समेत बताए । उनले आज पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।
गत २० गते कारागारमा कैदी बन्दीहरुमाथि भएको आक्रमणपछि प्रहरी प्रमुख खिनु आचार्य निलम्वनमा परेकाले भण्डारी नयाँ एसपीको रुपमा यहाँ आएका हुन्। उनले चितवनमा गुण्डागर्ती मौलाएको समेत बताए ।
तपाईको प्रतिक्रिया