Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- पोल्याण्ड पठाइदिने सपना देखाएर काठमाडौंस्थिव वेल इन्टरनेशनल म्यानपावर कम्पनीले करिव ६ सय कामदारबाट १३ करोड रुपैयाँ ठगी गरेको खुलासा भएको छ ।
रकम उठाउने म्यानपावर सञ्चालक विमला लामा फरार भएकी छन् । करिव दुई वर्षअघि उठाएको रकम फिर्ता गर्न लामाले मंसिर २४ गते बोलाए पनि नआएपछि पीडितहरु सोमबारदेखि वैदेशिक रोजगार विभागमा धर्नामा बसेका छन् ।
पीडितहरुले मंगलबार पनि धर्ना जारी राखेका छन् । विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले ठगी गर्ने लामाको सम्पत्ति रोक्का र बैंक खाता बन्दबारे पत्राचार गरिएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया