Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
विराटनगर- एकीकृत नेकपा माओवादीका प्रवक्ता एवं शिक्षामन्त्री दिनानाथ शर्माले वर्तमान सरकारले नै राष्ट्रिय सहमतिको आकार लिने बताउनु भएको छ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै मन्त्री शर्माले शान्ति र संविधानको कार्य सकारात्मक रुपमा अगाडी बढीरहेकोले एमाले र कांग्रेस समेत डा. बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन तयार हुने दावी गर्नुभयो ।
वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिएर शान्ति र संविधान निष्कर्षमा पुर्‍याउने दलहरुबीच सहमति भइसकेको बताउंदै मन्त्री शर्माले प्रधानमन्त्रीको राजिनामाको सन्दर्भ नै नरहेको उल्लेख गर्नुभयो । काँग्रेस, एमाले र माओवादीभित्रकै बैद्य समुहले प्रधानमन्त्रीको राजिनामा मागिरहेको बेला मन्त्री शर्माले प्रधानमन्त्रीले राजिनामा नदिने उल्लेख गर्नुभयो ।
दलहरुबीच सहमति हुन नसक्दा नयाँ राष्ट्रिय सरकार बन्न ढिलाई भईरहेकेा बताउँदै मन्त्री शर्माले शान्ति प्रकृया अगाढि बढेकोले अब चाँडै नयाँ राष्ट्रिय सरकार बनाउने दावी गर्नुभयो । दलहरुबीच शान्ति र संविधान निर्माणको प्रकृया माओवादी नेतृत्वकै सरकारले पुरा गर्ने विषयमा सहमति भइसकेकोले यसमा अनावश्क चर्चा र विवादको अर्थ नरहेको उहांको भनाई थियो ।
तपाईको प्रतिक्रिया