Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
धरान (सुनसरी)– संघीय लिम्बूवान राज्य परिषदले आइतबारदेखि पूर्वका नौ जिल्लामा गरेको अनिश्चितकालीन बन्दले जनजीवन प्रभावित भएको छ ।
सरकारले गठन गरेको राज्य पुनर्संरचना आयोगमा आफ्नो संगठनको प्रतिनिधित्वको माग गर्दै लिम्बूवानले अरुण पूर्वका नौ जिल्ला बन्द गराएको हो । बन्दका कारण पूर्वमा यातायातका साधन तथा पहाडी जिल्लामा बजार ठप्प भएको प्रहरीले जनाएको छ ।
सुनसरी र झापाबाट पहाडी जिल्लामा चल्ने यातायातका साधन ठप्प रहेको छ । इटहरीबाट पूर्व चल्ने यातायात ठप्प रहे पनि विराटनगर–इटहरी सडक खण्डमा सवारी आवागमन सुचारु रहेको प्रहरीले जनाएको छ ।
आफ्नो माग पुरा नहुन्जेलसम्म बन्द फिर्ता नदिइने परिषदले जनाएको छ । सरकारले केही दिन अघि आयोग गठन गरेको थियो । सरकारले गरेका प्रतिबद्धता कार्यान्वयन नगरेको भन्दै यसअघि पनि परिषदले आन्दोलन गर्दै आएको थियो ।
तपाईको प्रतिक्रिया