Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024
काठमाडौं- एकजना मन्त्रीले नसोची बोल्दा त्यसको असर कति पर्छ भन्ने सोमबार बिहानदेखि देखा परेको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गर्ने सार्वजनिक गरेपछि कालाबजारीलाई सजिलो भएको छ । आइतबार साँझदेखि नै पेट्रोलियम पदार्थमा कृतिम अभाव सिर्जना सुरु भएको छ ।
राजधानीसहित देशभरका केही पेट्रोप पम्पले तेल सकिएको सूचना राखेका छन् । मन्त्रीले भट्टले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी भइरहेको आइतबार बताएका थिए ।
नेपाल आयलल निगमलाई हाल भइरहेको मासिक १ अर्ब २६ करोड ५० लाख रुपैयाँ घाटा पूर्ति गर्ने गरी पेट्रोलियम पदार्थमा मुल्य बृद्धि हुने उनले बताएका थिए ।
आयल निगमलाई हालको मुल्य अनुसार डिजेलमा प्रतिलिटर १८ रुपैयाँ ९१ पैसा,  मट्टीतेलमा ७ रुपैयाँ १२ पैसा र ग्यासमा ३३९ रुपैयाँ २२ पैसा प्रतिसिलिण्डर घाटा रहेको मन्त्रीको भनाइ थियो ।
तपाईको प्रतिक्रिया