Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
इटहरी- राज्य पुर्नसंरचना आयोगमा आफ्नो दलको प्रतिनिधित्व नभएको भन्दै सङ्घीय लिम्बुवान राज्यपरिषदले पूर्वका ९ जिल्लामा बन्द आहृवान गरेको छ ।
सरकारले पूर्व सहमति विपरीत राज्य पुर्नसंरचना आयोगमा आफ्नो प्रतिनिधि समावेश नगरेको भन्दै सङ्घीय लिम्बुवान राज्यपरिषदको सञ्जुहाङ पालुवाङ्वा समूहले गरेको बन्दका कारण पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको हो ।
सरकारसँग २०६४ चैत ६ गते भएको सहमतिमा राज्य पुर्नसंरचना आयोगमा परिषदको प्रतिनिधित्व गर्ने उल्लेख गरे पनि सहमति सरकारले उल्लङ्घन गरेको परिषदले आरोप लगाएको छ ।
बन्दका कारण पूर्वका संखुवासभा, धनकुटा, सुनसरी ताप्लेजुङ, पाँचथर, इलाम, झापा लगायत जिल्लामा शिक्षण संस्था, बजार र कलकारखाना बिहानै देखि ठप्प छन् ।
भित्री सहर खुले पनि कोशी राजमार्ग ठप्प छ भने बन्दको बढी प्रभाव इटहरी र धरानमा बढी छ ।
तपाईको प्रतिक्रिया