Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- संवैधानिक समितिको बैठकमा राज्यका मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमाथि छलफल भएको छ । संविधानसभाले संविधान लेखनको कार्यतालिका पारित गरेपछि पहिलोपटक संवैधानिक समितिको बैठक बसेको हो ।
बैठकमा दोहोरिएका विषयलाई एकीकृत गर्नेबारे छलफल भएको संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार मौलिक अधिकार तथा निर्देशक सिद्धान्तमा दोहोरिएका विषयलाई किटान गरी आगामी २८ गते बस्ने बैठकमा छलफल हुनेछ ।
संविधानसभाको म्याद ६ महिना थपिएपछि र जेठ १४ गतेभित्र संविधान जारी गर्नेगरी कार्यतालिका निर्माण भएपछि संवैधानिक समिति तथा विवाद समाधान उपसमिति सक्रिय भएका छन । बैठकमा विवाद समाधान उपसमितिले हालसम्म गरेको प्रगतिको समीक्षा भएको थियो ।
तपाईको प्रतिक्रिया