Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
विराटनगर– विराटनगरका होटल सञ्चालकले एक जना युवतीलाई होटलमै थुनेर जबरजस्ती यौन क्रियाकलाप गर्न लगाएको खुलेको छ ।
जागिर दिन्छु भन्दै होटलमा बोलाएर ती सञ्चालकले आफ्ना ग्राहकसँग भिडाउने गरेको खुलेको छ । युवतीलाई होटलमा बन्धक बनाएर जवरजस्ती यौन क्रियाकलापमा संलग्न गराउन खोज्ने होटल सञ्चालक तथा वेटरलाई प्रहरीले पक्राउ परेको छ ।
पक्राउ पर्नेमा बिराटनगर १० हाटखोलास्थित शान्ति होटलका सन्चालक कामेश्वर मण्डल र वेटर कविता राय रहेका छन् । कवितासँगै बस्दै आएकी युवतीलाई होटलको एक कोठामा दुई दिनसम्म थुनेर यौन कार्यमा लगाउन खोजेको आरोपमा मण्डल र रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेकाद्वयलाई मानव बेचविखन तथा ओसारपसार ऐन अनुसार मुद्धा चलाई कारबाही गरिने जिल्ला प्रहरी प्रमुख प्रद्युम्न कार्कीले बताउनुभयो ।
तपाईको प्रतिक्रिया