Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
धुन्चे (रसुवा)- वृद्धालाई बलात्कार गरेको आरोपमा उत्तरी रसुवास्थित गतलाङका एक युवालाई रसुवा प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको छ ।
जिल्ला प्रहरी प्रमुख अच्युतप्रसाद पुडासैनीका अनुसार बलात्कार गर्ने अभियुक्तमा गतलाङ गाविस-२ बस्ने ३७ वर्षीय चेरसिङ तामाङ छन् ।  उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
यही मङ्सिर १५ गते राति ११ बजे गतलाङ- खेरोगाउँ बस्दै आएकी ५५ वर्षीया महिलालाई घरमा अन्य कोही नभएको मौका छोपी बलात्कार गरेको भन्ने पीडितको जाहेरीका आधारमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाएको बताइएको छ ।
अखिल नेपाल महिला सङ्घ रसुवाले घटनाको भत्र्सना गर्दै पत्रकार सम्मेलनमार्फत तामाङलाई हदैसम्मको सजाय हुनुपर्ने माग राखेको छ । राज्यका निकायबाट कारवाही नभए आˆनै संस्थाले कारवाही गर्ने सङ्घले चेतावनी दिएको  छ ।
तपाईको प्रतिक्रिया