Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले पैसाको बलमा पार्टी कब्जा गर्ने प्रवृत्तिले मुलुकमा भ्रष्टाचार बढाएको बताउनुभएको छ ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (डिसेम्वर ९) का अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज यहाँ आयोजित समारोहमा उहाँले कामअनुसार पार्टीले सही मूल्याङ्कन गर्ने परिपाटी अँगाले समाजलाई  भ्रष्टाचारमुक्त गर्न सकिन्छ भन्नुभयो ।
सरकारले आˆना काम कारवाही पारदर्शी बनाउँदै मुलुकमा सुशासन दिने अठोट गर्ने हो भने भ्रष्टाचार स्वतः घट्ने दाबी गर्दै नेता पौडेलले त्यसका लागि अहिले मुलुकलाई योग्य र इमान्दार व्यक्तिको खाँचो रहेको विचार व्यक्त गर्नुभयो ।
व्यवस्थापिका संसद् राज्यव्यवस्था समितिका सभापति रामनाथ ढकालले राजनीतिक अस्थिरताको जगमा अहिले मुलुकमा भ्रष्टाचार महामरीको रुपमा फैलिएको बताउनुभयो ।
भ्रष्टाचारविरुद्धको शून्यसहनशीलताको नारा लिएर गठन भएको अहिलेको सरकारका हरेक क्रियाकलाप भ्रष्टाचारसँग जोडिनु बिडम्वना हो भन्दै उहाँले प्रतिस्पर्धाका आधारमा हाम्रा होइन, राम्रा व्यक्तिको छनौट गरी शीघ्र संवैधानिक निकायका पदाधिकारीको नियुक्तिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
तपाईको प्रतिक्रिया