Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो । नयाँ बर्ष २०१२ को अबसर पारेर नेपाली जनसम्पर्क समिति जापानको कान्तो क्षेत्रिय समितिले डिसेम्वर ३१ तारिखको साँझ शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

जापानमा रहेका नेपालीहरुबीच भाइचारा एवम् सद्भाव बढाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको कुरा सो समितिले जनाएको छ ।

कार्यक्रममा बिभिन्न क्षेत्रका नेपालीहरुको सहभागिता रहने जनाउँदै समितिले जापानका बिभिन्न क्षेत्रमा रहेका नेपालमा ख्यातीप्राप्त कलाकारहरुलाई एकै ठाउँमा भेला गराई आफ्नो प्रतिभा देखाउने मौका मिलाएको बताएको छ । समितिकाअनुसार शुभकामना आदानप्रदानका साथमा हाल जापानमा रहेका चर्चित गायक गायिकाहरुले बिबिध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने भएका छन् । समितिले नेपालमा रहँदा ख्याती कमाएका जापानमा आएपछि सम्पर्कमा नभएका कलाकारहरुलाइ पनि सम्पर्कमा आउन आग्रह गरेको छ । नयाँ बर्ष २०१२ को शुभकामना आदानप्रदान कार्यक्रममा कलाकार तथा चर्चित गायक रामकृष्णबम मल्ल, गायिका भगवती उप्रेती “आफ्नै मन घाइते गराउँछु तिम्लाइ कति मन पराउँछु भन्नै डराउँछु” भन्ने चर्चित गितका गायक युवराज आचार्य लगायतका बिभिन्न कलाकारहरु साँस्कृतिक कार्यक्रमका साथमा दोहोरी गीतको प्रस्तुत हुने छ ।

कार्यक्रम यही ३१ तारिख टोकियोको ओकायामा स्टेशन नजिक रहेको नेपाली रेष्टुरेन्ट सिद्धार्थको हलमा आयोजना गरिएको कुरा कान्तो क्षेत्रिय समितिका अध्यक्ष यामलाल कँडेलले जानाकारी दिनुभएको छ । कँडेलले सबैको बिदाको अवसर पारेर स्वदेशको सम्झनालाई ताजा बनाउने हेतुले आयोजना गरिएको कार्यक्रम अविस्मरणीय हुने बताउनु भएको छ ।

कार्यक्रम सम्बन्धि थप जानकारीका लागि देहायका ब्यक्तिहरुलाई सम्पर्क सकिने आयोजक संस्थाले बताएको छ ।

यामलाल कँडेलः ०९०–१३३०–२६९९

रामकृष्णबम मल्लः ०८०–३३६५–१४८४

कृष्ण भण्डारीः ०८०–३२४८–७३८६

पदमपाणि चापागाईः ०८०–३५७६–१२३३

पदमसुन्दर अधिकारीः ०८०–४३६४–८०३४

कृष्णबहादुर थापाः ०८०–१०७३–४५१९

गोपालबहादुर बेलबासः ०८०–३२४३–४९७८

गीता शर्माः ०८०–४१५४–६६८८

राजेन्द्र जम्मरकट्टेलः ०८०–५६९५–४८५

पासाङ शेर्पाः ०८०–७०८४–३२७६

अमर केसीः ०८०–४०५९–७३७३

तपाईको प्रतिक्रिया