Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– राजधानीमा जारी एसीसी ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा नेपाल पराजित भएको छ ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार बिहान भएको खेलमा अफगानिस्तानसँग ९ विकेटले नेपाल पराजित भएको हो । नेपालले अफगानिस्तानसँग अहिलेसम्म खेलेका पाँच मध्ये एक खेलमा मात्र जित तथा चारमा हार व्यहोरेको थियो ,
यसैबीच, साफ च्याम्पीयनसीप फुटबल प्रतियोगितामा नेपाली फुटबल टोलीले शुक्रबार क्रिकेटकै प्रतिस्पर्धी अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नयां दिल्लीस्थित नेहेरु स्टेडियममा यी दुई टिम बीचको खेल नेपाली समयअनुसार सवा ६ बजे सुरु हुनेछ ।
फुटबलमा भने अफगानिस्तानबिरुद्ध नेपालको प्रर्दशन अहिले सम्म उत्कृष्ट रहंदै आएको छ । अफगानिस्तानसँग भएका ४ मध्ये तीन खेलमा नेपाल जित तथा एकमा बराबरी गर्न सफल भएको छ । त्यसैले पनि नेपाली फुटबल टोलीको मनोबल केही उच्च देखिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले उपाधी जिते अर्पाटमेन्ट दिने निर्णय गरेपछि नेपाली खेलाडीहरु अझ हौसिएका छन् ।
तपाईको प्रतिक्रिया