Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
  • पौडेल भन्छन्– ‘पार्टीले उहाँ (देउवा)लाई नेतृत्व गर्न निर्णय नै गरेको छैन, बोल्नलाई सवैलाई छुट छ ।’
पथलैया (बारा)– माओवादी–मधेसवादी गठबन्धनलाई विस्थापित गर्ने सहमतिपछि नयाँ सहमतिको सरकारका लागि कांग्रेस नेता शेरबहादुर देउवाले ईच्छा प्रकट गरेका छन् ।
कार्यकर्ता भेटका लागि केही दिनदेखि बारामा रहेका नेता देउवाले भने– ‘सहमतीय सरकारको नेतृत्व गर्ने अवस्था आए मैले गर्ने सहमति पहिले नै भएको हो, अब त्यो वातावरण बन्दैछ ।’
संसदीय दलका नेता रामचन्द्र पौडेल बहुमतीय सरकारको प्रधानमन्त्रीका लागिमात्रै चुनाव लड्ने उनको भनाइ थियो । ‘यो सहमति पहिलेकै हो,’ उनले भने ।
यसैबीच बारामै रहेका पौडेलले भने पार्टीले भावी प्रधानमन्त्रीका रुपमा नयाँ निर्णय नगरेको दाबी गरे । ‘पार्टीले उहाँ (देउवा)लाई नेतृत्व गर्न निर्णय नै गरेको छैन, बोल्नलाई सवैलाई छुट छ ।’
तपाईको प्रतिक्रिया