Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
टोकियो (जापान)- अन्तर्राष्ट्रिय नेपाली समाजले नयाँ वर्ष २०१२ को अवसरमा टोकियोमा आयोजना गरेको कार्यक्रममा दुई चर्चित गायक गायिकाले सांगीतिक धमाका दिने भएका छन् । कार्यक्रममा भाग लिन गायक हेमन्त शर्मा र मल्लिका कार्की यसैसाता जापान आउँदैछन् ।
को हुन् हेमन्त ?
हेमन्त शर्मा नेपाली सांगीतिक क्षेत्रमा १५ वर्षदेखि सक्रिय छन् । संगीत छाडेर विदेश नजाने वाचा कसिसकेका शर्माले ६ वटा एल्बम निकालिसकेका छन् ।
एक सयभन्दा बढी गीत गाएका शर्माको माया त यस्तो होस्…., माया साह्रै महंगो…., फुल हौ भने बसाइदेऊ…, थाप न थाप हातैमा…लगायतका गीत चर्चित छन् ।
हेमन्तले जापानअघि कतार, दक्षिण कोरिया, बहराइन, स्वीजरल्याण्डलगायतमा मुलुक भ्रमण गरिसकेका छन् । उनले नेपाली चलचित्रमा पनि स्वर दिइसकेका छन् ।
मल्लिका को हुन् ?
सुन्दरी गायिका मल्लिका नेपाली सांगीतिक क्षेत्रमा ९ वर्षदेखि क्रियाशील छिन् ।
उपहार भाग- २ एल्बमबाट चर्चामा आएकी मल्लिकाले उदितनारायण झा, कुमार कान्छा, रामकृष्ण ढकालसँग  ‘डुएट’ गीत गाएकी छन् ।
मल्लिकाका यति धेरै मान्छेहरुको भीडमा…, लाजको लाली पोतेर आए…, जुन माग जुन दिन्छु…लगायतका गीत चर्चित छन् ।
४ सयभन्दा बढी गीत तथा स्टेज कार्यक्रम गरिसकेकी मल्लिका फ्रान्स, बेल्जियम, जर्मन, सिंगापुर, दुवई, कतार, बहराइनलगायतका मुलुकमा स्टेज कार्यक्रम गरिसकेकी छन् ।
कार्यक्रम भव्य हुने
कार्यक्रम सफल बनाउन आयोजकले सवै प्रयास तीब्र पारेको छ । जापानमा नयाँवर्षको लामो विदा हुने भएकोले कार्यक्रममा सहभागी हुन जापानवासी नेपाली ब्यवसाय, व्यापारी, विद्यार्थी, पत्रकारलगायत नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा आयोजकले आहृवान गरेका छन् ।
गुल्मेली समाज जापानको सहयोग तथा जापान मनि एक्सचेन्जको प्रयोजनमा कार्यक्रम हुन लागेको हो । ***
तपाईको प्रतिक्रिया