Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – म्याग्देली सञ्जाल जापानले नयाँ बर्ष २०१२ को उपलक्षमा बिशेष मनोरञ्जनसहितको भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यहि डिसेम्बर ३१ तारिखको साँझ जापानबासी नेपालीहरुबीच भेटघाट तथा शुभकामना आदान-प्रदान गर्ने र मनोरञ्जनात्मक साँगीतिक प्रस्तुतीहरुसहित नयाँ बर्ष मनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।

टोकियोको सिनओकुबोस्थित नेपाली खाजाघरको सभाकक्षमा हुने उक्त कार्यक्रममा उपस्थित भईदिन समस्त जिल्लाबासीहरुलगायत इच्छुक महानुभावहरुमा सञ्जालले हार्दिक अनुरोध गरेको छ । कार्यक्रम साँझ ७ बजेदेखि शुरु हुने बताईएको छ ।

दोहोरी, लोकभाका, ठाडोभाका, झ्याउरे, ख्याली, यानीमाया, रोइला, सालैजोजस्ता साँस्कृतिक धरोहरको उदगमस्थल मानिने म्याग्दी जिल्लाको विविध साँस्कृतिक पक्षको संरक्षण तथा संबर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको नयाँ बर्ष कार्यक्रममा जापानमै रहेका चर्चित कलाकर्मीहरुको दोहोरी, सालैजो, यानीमायाजस्ता मौलिक लोकभाकाहरु गुञ्जने भएकाछन् ।

उक्त कार्यक्रमलाई सभ्य, भब्य र अत्यधिक मनोरञ्जनपूर्ण बनाउनका लागि बिभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी बाँडफाडसहित युध्दस्तरमा बिशेष तयारीहरु भईरहेको सञ्जालले जनाएको छ ।

गत बर्ष देखि म्याग्देली सञ्जालले डिसेम्बर ३१ को साँझ नयाँ बर्ष कार्यक्रमको आयोजना गर्दै आईरहेको छ । ***

तपाईको प्रतिक्रिया