Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
नुवाकोट (त्रिशूली)- दुईपिपल –२, दाहालथोकका २७ वर्षीय अर्जुन दाहाल विवाह गरेको भोलिपल्ट मङ्गलबार रातिदेखि बेपत्ता भएका छन् ।
मङ्गलबार राति साढे आठ बजेतिर घरमा बसेर बुधबारको भोजको तयारी गरिरहेका बेहुला अर्जुनलाई ‘कसैको’ फोन आएपछि घरबाट बाहिरिएकामा फेरि फर्किएर घर नआएको बेहुलाका काका नारायणले बताउनुभयो ।
परिवारका अनुसार ‘साथीको फोन आयो, लिन जान्छु’ भन्दै बाहिरिएपछि उनी बेपत्ता भएका हुन् । अर्जुनलाई कसको कति नम्बरबाट किन फोन आएको थियो भन्ने परिवारलाई थाहा छैन । ‘भोजको तयारी भइरहेको थियो, एक्कासि बेहुला हराएपछि बिखलबन्दमा पर्‍यौं,’ काका नारायणले भन्नुभयो ‘रातभर खोज्यौं, तर कहीँ पनि भेटिएनन् ।’
काठमाडौंमा स्काइ केवलमा काम गर्ने अर्जुनको तुप्चे भैरमकोटकी  पवित्रा रिजालसँग सोमबार त्रिशूली राम मन्दिरबाट मागी विवाह भएको थियो ।
मङ्गलबार एकादशी परेकाले विवाह भोज बुधबार तय भएको थियो । बेहुला अचानक बेपत्ता भएपछि अपहरणमा परेको आशङ्का परिवारले गरेका छन् । खोजीका लागि प्रहरी प्रशासनमा खबर गरिएको भए पनि बुधबार साँझसम्म कुनै पत्तो लागेको छैन ।
घर बाहिर निस्किएको केही समयसम्म त परिवारले भोजमा आउने कुनै साथीलाई लिन गएको होला भन्ने लागेको तर उनी नफर्केपछि अपहरण पो भयो कि भन्ने शङ्का लागेको अर्का छिमेकी प्रल्हाद दाहालले बताउनुभयो । बेपत्ता बेहुलाले तीन वटा मोवाइल बोक्ने गरेको र कुन मोबाइलमा कति नम्बरबाट फोन आएको भन्ने समेत पत्तो लागेको छैन । उनले बोक्ने सबै मोवाइल रातिदेखि नै स्विच अफ  छ ।
परिवारको भनाइको आधारमा अर्जुनको कसैले अपहरण गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया