शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024
काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि उहाँका औपचारिक सबै कार्यक्रम स्थगित भएका छन । प्रधानमन्त्री भट्टराई मंगलबार देखि अस्वस्थ हुनु भएको छ ।
अस्वस्थ भएपछि प्रधानमन्त्री भट्टराईले बालुवाटारमै आराम गरिरहनु भएको उहाँको नीजि सचिवालयले जनाएको छ । भट्टराईलाई रुघा खोकीले ग्रस्त बनाएपछि चिकित्सकहरुले आराम गर्न सल्लाह दिएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गंगा श्रेष्ठले समुद्रपारि डट कमलाई जानकारी दिनुभयो । अस्वस्थताका कारण प्रधानमन्त्रीका भेटघाट लगायतका सबै औपचारिका कार्यक्रम स्थगित गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको अस्वस्थताका कारण बिहीबार दिउसो बस्ने तय भएको मन्त्रिपरिषद्को बैठक समेत अन्यौलमा परेको छ ।
तपाईको प्रतिक्रिया