शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024
काठमाडौं– नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएनएचसिआर औपचारिकरुपमा बिहीबारदेखि बिदा हुने सम्भावना बढेको छ ।
म्याद सकिने दिनसम्म आइपुग्दा सम्म पनि सरकारले म्याद थपबारे कुनै निर्णय गरिनसेकाले ओएनएचसिआरको भविष्य अन्योलमा परेको हो ।  म्याद थप्न दबाब आए पनि सरकारले म्याद थपबारे कुनै निर्णय गरिनसकेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बताउनुभयो । उहाँले म्याद थप्ने नथप्नेबारे छलफल भइरहेको पनि जानकारी दिनुभयो ।
पछिल्लो समय झलनाथ खनाल नेतृत्वको सरकारले ओएनएचसिआरको म्याद ६ महिना थप गरेको थियो । मन्त्रिपरिषद्को बैठक बसी कुनै निर्णय नलिएमा सो कार्यालय नेपालबाट औपचारिक रुपमा बिदाई हुनेछ ।
म्याद थप नभए उच्चायुक्त कार्यालयले ६ महिनाभित्र सबै प्राविधिक प्रक्रिया पुरा गरी नेपाल छाडिसक्नु पर्नेछ । यसैबीच उच्चायुक्तको कार्यालयले भने सरकारले म्याद थप गर्नेमा विश्वास ब्यक्त गरेको छ ।
तपाईको प्रतिक्रिया