शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024
काठमाडौं– माओवादी बरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले डा. बाबुराम भट्टराईको राजीनामापछि महासचिव रामबहादुर थापा ‘बादल’लाई प्रधानमन्त्री प्रस्ताव गरेका छन् ।
भट्टराईलाई प्रतिपक्षी दलले पनि नमान्ने निश्चित भएको र अध्यक्ष पुष्पकमल दाहालले फेरि प्रधानमन्त्री नहुने बताएपछि बादललाई प्रधानमन्त्री बनाउने प्रस्ताव वैद्यले गरेका हुन् ।
बादललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरिएको सचिव सीपी गजुरेलले पुष्टि गरेका छन् । ‘हो, हामीले अब सरकारको नेतृत्व गर्ने अवसर आए हाम्रो विचार समूह (बादल)लाई दिनुपर्छ भनेका हौं,’ उनले भने ।
गजुरेलले भट्टराई सरकार ६ बुँदे सहमतिपछि अवैध भइसकेको भन्दै राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने जिकिर गरे ।
तपाईको प्रतिक्रिया