Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- पार्टीभित्रको समीकरण मिलाउन एमाले अध्यक्ष झलनाथ खनालले नेता केपी शर्मा ओली, बामदेव गौतम र अमृतकुमार बोहोरालाई सभासद् बनाउने तयारी गरेका छन् ।
तीन नेतालाई सभासद् बनाएर पार्टी एकता कायम गर्नेबारे बुधबार राति अबेरसम्म खनाल निवास डल्लुमा छलफल भएको खनाल निकट नेता घनश्याम भूसालले जानकारी दिए । स्रोतका अनुसार ओलीलाई सभासद् बनाउन उनी निकट शिला कतिला राजीनामा दिन तयार भएकी छन् । खनाल निकट दुई सभासद मध्ये कसले राजीनामा दिने टुंगो लागेको छैन ।
दीर्घकालीन रूपमा पार्टी हाँक्ने र आवश्यक पर्दा सरकारको नेतृत्वको समेत विकल्प तयार गर्न ओलीलगायत नेतालाई संविधानसभामा लाने संस्थागत प्रयास सुरु भएको हो । अध्यक्ष झलनाथ खनालको भारतसँगको सम्बन्ध राम्रो नहुँदा पार्टी र मित्रराष्ट्रसँगको सम्बन्धमा समेत दूरी बढेको विश्लेषण भइरहेका बेला यसलाई छिमेकसँगको सम्बन्ध सुधारका रूपमा समेत हेरिएको छ ।
दुई नेताबीचको छलफलमा ओली पक्षका शंकर पोखरेल, विष्णु पौडेल  र खनाल पक्षका वामदेव गौतम, घनश्याम भुसाल, प्रकाश ज्वालालगायतका नेता थिए । वरिष्ठ नेता माधव नेपाल र उनी पक्षका नेता भने उपस्थित थिएनन् ।
तपाईको प्रतिक्रिया