Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापाले साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध यस्तो स्वादिलो गोल गरे जसले उनी ‘वर्ल्ड प्लेयर अफ दि विक’ को शीर्ष पाँचमा परेका छन् । त्यसबाट उनले यति वाहवाही पाएका छन् जत्तिको हालसम्म कुनै नेपाली खेलाडीले पाएका छैनन् ।
‘त्यही गोलले नेपालले जितेकामा एकदमै खुसी लागेको छ,’ २७ वर्षीय सागरले भने, ‘यति राम्रो गोल गर्ने र यस्तो चर्चा पाउने कहिल्यै सोचेको थिइनँ ।’ हुन पनि उनको गोल गराइको संसारभरि चर्चा छ । फुटबलसम्बन्धी चर्चित पोर्टल ‘गोलडटकम’ ले उनलाई पाँचौंमा उभ्याएपछि त झन् सनसनी नै भएको छ ।
न्युयोर्क, लन्डन र सिंगापुरमा कार्यालय भएको गोलडटकम फुटबलको सबैभन्दा बढी हेरिने साइट हो । यसले १५ भाषामा २२ देशबाट फुटबलसम्बन्धी समाचार, लेख र भिडियो अपडेट गर्छ । यसका दुई करोड ३० लाखभन्दा बढी नियमित ‘भ्युअर्स’ छन् । सागरसँगै उरुग्वेका अल्भारो रेकोबा, ब्राजिलका एनिन्हो, चिलीका माउरिसियो इस्ला र फ्रान्सका फ्रान्क रिबेरी शीर्ष ५ मा छानिएका छन् ।
सागरले करिब ३५ यार्डबाट फ्रि-किकमा सेकेन्ड बार च्याप्दै प्रहार गरेको बल सुन्दर गोलमा परिणत भयो र नेपालले १८ वर्षपछि बंगलादेशलाई हरायो । उनका लागि यो पनि शौभाग्य हो कि यही सुन्दर गोल उनको अन्तर्राष्ट्रिय खेल जीवनकै पहिलो हो ।
नयाँदिल्लीमा सागरले गरेको गोललाई धेरैले सन् २००२ को वल्र्डकपको क्वाटरफाइनलमा इङल्यान्डविरुद्ध ब्राजिलका रोनाल्डिन्होले गरेको गोलसँग दाँज्ने गर्छन् । ‘अन्तिम क्षण र अन्तिम अवसरमा एकदमै दबाब हुन्छ,’ नेपालका पूर्वकप्तान राजु शाक्यले भने, ‘त्यस्तो स्थितिमा सागरले गरेको गोल अत्यन्त दुर्लभ र नेपाली फुटबल इतिहासकै सर्वोत्कृष्ट हो । हजारपल्ट हाने पनि त्यस्तो गोल गर्न गाह्रै पर्छ ।’
बंगलादेशी प्रशिक्षक निकोला इलिएभ्स्कीले सागरको गोललाई ‘एक जुनीमा हुने एक गोल’ को संज्ञा दिएका छन् । सागरको गोल ‘यु-टुब’ र ‘फेसबुक’ मा पनि धेरै सर्च हुनेमा पर्छ । गोलको दृश्य यु-टुबमा हेर्नेको संख्या दुई दिनमै करिब २ लाख पुगेको छ । फेसबुकमा पनि उस्तै छ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले वर्षको सर्वोत्कृष्ट गोल गर्नेलाई ‘फिफा पुस्कास अवार्ड’ दिन्छ । सन् २०१२ को अवार्डमा सागरको गोल मनोनयनका लागि नेपाली फुटबल प्रशंसकहरूले फेसबुक अभियान सुरु गरिसकेका छन् । यसमा सुरुमै दसौं हजारले ‘लाइक’ गरेका छन् । समर्थनमा ‘कमेन्ट’ लेख्नेको ओइरै लागेको छ ।
तपाईको प्रतिक्रिया