शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चढेर इतिहास रचेको बा २ झ ९३६० नम्वरको मुस्ताङ म्याक्स गाडी राज्यमन्त्रीले पाएकी छन् ।
संघीय मामिला तथा संस्कृति राज्यमन्त्री सुष्मा शर्माले उक्त गाडी चढ्न थालेकी हुन् । जम्बो मन्त्रिपरिषद् बनेपछि गाडी अपुग भएकाले सरकारले प्रधानमन्त्री बाबुराम भट्टराईले पहिला चढ्दै आएको मुस्ताङ म्याक्स शर्मालाई दिएको हो ।
प्रधानमन्त्रीले पछि खरिद गरिएको सुविधासम्पन्न नयाँ मुस्ताङ म्याक्स गाडी चढ्न थालेपछि पुरानो मुस्ताङ म्याक्स जगेडामा थियो । त्यही गाडी राज्यमन्त्री शर्मालाई दिइएको गृह मन्त्रालयका अधिकारीले जनाए ।
तपाईको प्रतिक्रिया