Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025
वासिङ्गटन– अमेरिकाले आफ्ना नागरिकलाई विगतमा नेपाल भ्रमण नगर्न भनी जारी गरेको चेतावनीको सूचना मङ्गलबार खारेज गरेको छ ।
नेपालमा भ्रमण एक वर्षयतादेखि सुरक्षाको अवस्थामा राम्रो सुधार आएको र राजनीतिक हिंसाका रुपमा सडक आन्दोलनको अवस्था पनि रोकिएकोलेआफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्नु भनी जारी गरेको सूचना मङ्गलबारदेखि खारेज गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले नेपालमा सडक आन्दोलनको अवस्था बढ्दो मात्रामा रहेको भन्दै गएको जनवरी महिनामा अमेरिकी नागरिकलाई नेपाल भ्रमण नगर्नु भनी सूचना जारी गरेको थियो ।
नेपालमा राजनीतिक हिंसाका घटना र अमेरिकी नागरिकलाई सुरक्षाका बारमा धम्कीको अवस्थामा पनि हालैका दिनहरूमा गिरावट आएको तथा नेपालमा राजनीतिक स्थिरताको प्रयास भइरहेकोले अब नेपाल भ्रमणका लागि कुनै असुरक्षा नरहेको सो मन्त्रालयले जनाएको छ ।
गएको एक दशकदेखि जारी नेपालको आन्तरिक द्वन्द्व सन् २००६ मा अन्त्य भएको थियो । सो द्वन्द्वका क्रममा कम्तीमा पनि १६ हजार नागरिकले ज्यान गुमाएका थिए ।
सो द्वन्द्वको शान्तिपूर्ण अवतरण भएपछि दिगो शान्तिका लागि नेपालका राजनीतिक दल र यसका नेताहरूले सङ्घर्ष गरिरहेको र राजनीतिक स्थायित्वको प्रयासमा रहेको पनि सो मन्त्रालयले जनाएको छ ।
तर हालैका केही दिनयता दलहरूले गरेको एक ऐतिहासिक सम्झौतापछि करिब एक दशकसम्म लडेका माओवादीका हजारौं सेनापनि समायोजनका लागि तयारीमा रहेका छन् ।
साथै अमेरिकी विदेश मन्त्रालयको सो सूचनामा नेपालका राजनीतिक दलहरू पनि नयाँ संविधान निर्माणको क्रममा जुटेको पनि उल्लेख गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया