Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
  • कारबाही गर्ने भनिएका माओवादी, कांग्रेस, एमालेका नेताहरु
  • प्रहरीले डनहरुको सुरक्षा गर्ने
  • १ सय ७४ जनाको नाम सूचिकृत गरेको दाबी
काठमाडौं– आफूलाई दिनेश बस्नेत बताउने व्यक्तिले मास्क लगाएर चर्चित डनहरु गणेश लामा, दिपक मनांगे, चक्रे मिलनजस्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
एबीसी टेलिभिजनमा बस्नेतले मुलुकमा मौलाउँदै गएको भ्रष्टाचार र डनतन्त्रको विरोधमा उनीहरुलाई भौतिक आक्रमण गर्ने धम्की दिएका हुन् । बस्नेतले आफ्नो समूहले १ सय ७४ जनाको नाम सूचिकृत गरेको र उनीहरुलाई भौतिक कारबाही गर्ने धम्की दिएका थिए ।
यसैबीच प्रहरीले बस्नेतको खोजी सुरु गरेको छ । प्रहरी प्रवक्ता विनोदमान सिंहले बस्नेतलाई पक्राउ गर्न निर्देशन दिइसकेको जानकारी दिए ।
प्रहरीले बस्नेतले भौतिक आक्रमण गर्ने भनिएका व्यक्तिको सुरक्षा र मानवअधिकारको रक्षा गर्ने स्पष्ट पारेको छ । बस्नेतले माओवादी, कांग्रेस, एमालेलगायतका नेताहरुकोसमेत नाम लिएका थिए ।
तपाईको प्रतिक्रिया