Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौ- नेपालका लागी रसियाका राजदूत डा. सेर्गेई भेसलीभिच भेलिच्किनले संघीयतामा कसैको नक्कल गरेर जान नहुने धारणा राखेका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा राजदूत भेलिच्किनले संघीयता कुनै पनि मुलुकको ईतिहास,  भौगोलिक आवश्यकता, सांस्कृतिक विविधता र राजनीतिक आन्दोलनको हिसावमा फरक हुने भन्दै नेपालले आफ्नै मोडल विकास गरेर संघीयतामा जादाँ उपयुक्त हुने बताए ।
साक्षात्कारमा उनले संघीयता सबै नेपालीको चासोको विषय भएकोले पनि यसमा अझै ब्यापक छलफल गरेर सहमतिको आधारमा संघहरु निर्माण गर्नुपर्ने आवश्यकता औल्याए ।
पछिल्लो समयमा शान्ति प्रक्रियामा देखिएको प्रगतिले नेपालको शान्ति र संविधान निर्माण प्रक्रियामा सकारात्मक संकेत गरेको दावी गर्दै  उनले दलहरुवीचको सहमति नै नेपालमा जारी सक्रमण अन्त्यको उपाय भएको बताए । दलहरुवीच पछिल्लो समयमा भएको सहमति नयाँ नेपाल निर्माणको लागी सकारात्मक भएको भन्दै उनले राजनीतिक सहमतिबाट नेपालको शान्ति, सविधान र समृद्धि हुने विश्वास ब्यक्त गरे ।
राजदूत भेलिच्किनले शान्ति र संविधान निर्माणको कार्य सम्पन्न भए नेपालको आर्थिक विकास सम्भव भएको बताए ।  उनले भने-रुसको विकासमा उपेन्द्र महतो र जीवा लामिछाने जस्ता नेपाली मुलुका मानिसहरुले भूमिका खेली रहेका छन भने नेपालको विकास नहुने भन्ने कुरै छैन ।
तत्कालिन परराष्ट्रमन्त्री उपेन्द्र यादवको रसिया भ्रमणको क्रममा नेपालको जलविद्युत क्षेत्रको विकासमा रसियन लगानीको बातावरण बनेको भन्दै जलविद्युतमा लगानीको प्रक्रिया सुरु भईसकेको जानकारी उनले दिए ।
उनले प्रधानन्याधिश, उपसभामुखको नेपाल भ्रमण हुनु महत्वपूर्ण भएको र नेपालमा राजनीतिक स्थिरता भए रुसका राष्ट्रपति र प्रधानमन्त्रीको नेपाल भ्रमण छिट्टै हुन सक्ने बताए । उनले नेपालका तीनजना प्रधानन्यायाधिशले रुस भ्रमण गरिसकेको समेत बताए । ***
तपाईको प्रतिक्रिया