Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

टोकियो – राजधानी दैनिकको प्रकाशन संस्था उत्सर्ग प्रकाशन प्रा. लि. का अध्यक्ष महेन्द्र शेरचनले जापानमा अधिकांश नेपालीहरु कामदार रहेको र उनीहरु यावत समस्याहरुबाट ग्रसित रहेको आफुले पाएकोले यहाँका मिडियाहरु गम्भीर भई उनीहरुको पक्षमा आवाज उठाउनुपर्ने बताउनुभएको छ ।

जापानमा नेपालीहरुको अवस्था, नेपाली मिडियाको भबिष्य, नेपाली प्रशिक्षार्थी कामदारको बजार संभावनालगायतका बिषयमा अध्ययन, अनुसन्धान गर्न जापान आउनुभएका शेरचनले उक्त कुरा बताउनुभएको हो ।

बुधबार साँझ टोकियोस्थित जिएमटी मिडियाको कार्यालयमा भएको एक भेटघाट कार्यक्रममा समुद्रपारि डट कमसंग कुरा कुरा गर्दै अध्यक्ष शेरचनले जापानमा आफुले नेपाली प्रशिक्षार्थी कामदारको राम्रो संभावना देखेको र यसका लागि सम्बन्धित निकायहरु जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताउनुभयो । एक फरक प्रसंगमा उहाँले भन्नुभयो – “यहाँ रहेका अधिकाँश नेपालीहरु रेष्टुरेन्ट ब्यवसायसंग सम्बन्धित कामदार रहेको र उनीहरु यावत समस्याहरुबाट पीडित छन् । तर उनीहरुको समस्यालाई यहाँका जिम्मेवार संघसंस्था वा निकायले सम्बोधन गर्न सकेका छैनन् । यसप्रति यहाँका मिडियाहरुलगायत सबै नेपाली संघसंस्थाहरु जिम्मेवार हुन आग्रह गर्दछु ।”

जापानको बिकास निर्माण र प्रविधि देखेर प्रभावित बन्नुभएका अध्यक्ष शेरचनले भन्नुभयो – “हाम्रो देशमा मिडिया ब्यवसायमा लगानीकर्ताहरुको चासो बढ्दै गईरहेको भएपनि यथेष्ट बजारको अभाव जस्ता समस्याहरु यस क्षेत्रले झेल्नु परिरहेको छ । मिडिया हाउसहरुबीच ऐक्यबद्धता र स्वस्थ्य प्रतिस्पर्धाको बिकास हुन सकेको छैन ।”

१० बर्ष अघिबाट प्रकाशन यात्रा शुरु गरेको राजधानी दैनिक हाल नेपालमा ५० हजारभन्दा बढि बितरण भईरहेको छ भने ८ बर्ष अगाडिबाट शुरु भएको कतारसंस्करण अहिले दैनिक २५ हजारभन्दा बढि नेपालीहरुले पढ्दै आएको अध्यक्ष शेरचनले बताउनुभयो ।

राजधानी दैनिकको जापान सँस्करणको संभाब्यता अध्ययन गर्नु पनि अध्यक्ष शेरचनको जापान भिजिटको अर्को उद्देश्य रहेको उहाँले खुलासा गर्नुभयो । १० दिन अघि जापान आउनुभएका शेरचन यहाँ बिभिन्न सरोकारवला निकायहरुसंग भेटवार्ता सकेर भोलि स्वदेश फ़र्कदै हुनुहुन्छ । ** *

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया