शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
टोकियो (जापान)–दुई वटा ओलम्पिकमा स्वर्ण जितेका जापानी जुडो खेलाडी बलात्कार अभियोगमा पक्राउ परेका छन् ।
सन् २००४ र २००८ को ओलम्पिकमा स्वर्ण विजेता ३३ वर्षीय मासातो उचिशीवालाई प्रहरी बलात्कार अभियोगमा पक्राउ परेको हो । उनलाई टोकियोको नगर प्रहरी विभागले पक्राउ गरेको हो ।
तर प्रहरीसामू उचिशीवाले बलात्कार आरोप अस्वीकार गरेका छन् । ‘म यो स्वीकार्नै सक्दिन,’ उनको भनाई उद्यृत गर्दै एएफपीले जनाएको छ ।
उनीमाथि टोकियोको एक होटलमा युवती बलात्कार आरोप लागेको महानगरीय प्रहरी प्रवक्ताले जनाएका छन् ।

तपाईको प्रतिक्रिया