Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस बुधबार नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाइँदैछ ।
यसै अबसरमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार बिभिन्न कार्यक्रम गर्दैछ । बबरमहलस्थित उड्डयन प्राधिकरण बाट अहिले बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म वाकाथन कार्यक्रम भएको छ ।
नेपाल वायु सेवा निगमभित्र देखिएको अनियमितता तथा भ्रष्टाचारलाई कम गर्न तथा निगमलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउनका लागि मन्त्रालयले चाल्नुपर्ने कदम तथा प्रशासनिक सुधारलगायतका विषयमा पनि छलफल गरिने मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताउनुभयो ।
बुधबार नै हवाई प्रर्दशनी, हवाई जहाजबाट पुष्पवृष्टि र राष्ट्रिय झण्डोत्तोलन गरिने आचार्यले जानकारी दिनुभयो । राष्ट्रिय झण्डोत्तोलनसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को झण्डोत्तोलनसमेत गरिने भएको छ ।
यसै अवसरमा बुधबार आयोजना गरिने कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा प्राधिकरणमा उत्कृष्ट सेवा गर्ने कर्मचारीहरूलाई पुरस्कृत गरिने कार्यक्रम रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया