शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – एक कार्यक्रमका लागि जापान आएका पूर्व सांसद तथा नेकपा एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य खगराज अधिकारीको प्रमुख आतिथ्यतामा आउँदो आइतवार टोकियोमा भेटघाट तथा खुल्ला अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

नेकपा एमालेको जापानस्थित भात्तृसंस्था नेपाली लोकतान्त्रिक मञ्च (एनडिएफ) को आउँदो डिसेम्बर ११ तारिख आइतबारका दिन टोकियोमा नेपालको समसामयिक राजनैतिक परिस्थितिका बिषयमा खुल्ला अन्तरक्रिया कार्यक्रम हुने भएको हो ।

नेता अधिकारीको प्रमुख आतिथ्यता हुने उक्त कार्यक्रममा जापानबासी नेपालीहरुको उत्साहजनक उपस्थितिको लागि आयोजक संस्था एनडिएफले हार्दिक अनुरोध गरेको छ । उक्त कार्यक्रम सिनओकुबोस्थित नेपाल खाजाघरको सभाकक्षमा अपरान्ह २ बजेबाट हुने कुरा एनडिएफले जनाएको छ ।
नेता अधिकारी एनडिएफ जापानको नागोया शाखा कमिटीको गत आइतवार भएको अधिवशेनका लागि जापान आएको बुझिएको छ । ***

 

तपाईको प्रतिक्रिया